विवाहमा आत्मघाती बम बिस्फोट, कम्तीमा ६१ को मृत्यु, एक सय ७१ घाइते


काठमाडौं । विवाह समारोहमा आत्मघाती बम बिस्फोट हुंदा अफगानिस्तानमा कम्तीमा ६१ जनाको मृत्यु भएको छ । थप एक सय ७१ जना घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा शनिबार राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा परेर सो हताहती भएको हो ।
विवाह समारोह चलिरहेको समयमा एक हलमा बिष्फोट भएको स्थानीय प्रहरीले जनाएका छन् । घाईतेमध्ये अधिकांशलाई गम्भीर अवस्थामा अस्पताल पु¥याइएको बीबीसीले जनाएको छ । मृतकको संख्या थप बढ्न सक्ने अस्पताल स्रोतले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताएका थिए । घटनाको जिम्मा कसैले लिएको छैन ।



प्रतिक्रियाहरु