भारतीय विमानमा आगो लाग्यो


काठमाडौं । भारतमा उडिरहेको विमानमा आगो लागेको छ । गएराती एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको हो । सोमबार राति भारतको नयाँ दिल्लीबाट राजस्थानको जयपुरक लागि उडेको विमानमा उडेको केहि समयपछि समस्या देखिएपछि ईन्दिरा गान्धी विमानस्थालमा आकस्मिक अवतरण गराइएको थियो ।
राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो । ल्यान्डिङ गर्दा विमानमा आगलागी भएपनि सबै यात्रु सकुशल रहेको जनाइएको छ । एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा ५९ यात्रु थिए । आगलागीबाट विमानमा भने क्षति पुगेको जनाइएको छ ।
 



प्रतिक्रियाहरु