भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै


भक्तपुर । भारतीय विदेशमन्त्री एस जयशंकर बुधवार नेपाल आउँदैछन् । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, जयशंकर मध्याह्न १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।
नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार र बिहीबार काठमाडौंमा बस्दैछ । विदेशमन्त्री जयशंकरले नेपाल आएसंगै दिउँसो २ बजे प्रधानमन्त्री के.पी. ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यसपछि विदेशमन्त्री जयशंकर दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
 



प्रतिक्रियाहरु