अमेरिकाका मोस्ट वान्टेड काठमाडौंमा


भक्तपुर । अमेरिकाका मोष्ट वाण्टेड काठमाडौंबाट पक्राउ परेका छन् । अमेरिकामा अपराध गरेर लुक्न नेपाल आएका अमेरिकामा बाल यौन दुराचार मुद्दाका फरार अभियुत्तल नाथन माकोब्स्की काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई बुधबार प्रहरीको विशेष ब्युरोको टोलीले पक्राउ गरेको हो ।

५९ वर्षीय नाथनका नाममा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले समेत रेड नोटिस जारी गरेको थियो । अध्यागमन विभागले उनलाई थुनामा राखी अमेरिका निष्कासनको प्रक्रिया अघि बढाएको जनाएको छ । उनी नेपाल आएको सूचना काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीलाई दिएको थियो । गत २८ अगस्टमा इन्टरपोलले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो ।
उनीमाथि आफ्नै प्रेमिकाकी छोरीमाथि बाल यौन दुराचार गरेको आरोपमा मुद्दा चलिरहेको छ । यस्तो अपराधमा अमेरिकामा ९९ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि नभएका कारण नेपालले उनलाई अमेरिका पठाउनेछ । अमेरिका पुगेलगत्तै उनी विमानस्थलमै पक्राउ पर्नेछन् । गत जुलाईमा उनी अमेरिकाबाट भागेर बेइजिङ पुगेका उनी नेपाल आएको खुलेपछि पक्राउ गर्न इन्टरपोलमार्फत रेड नोटिस जारी गराइएको थियो ।
 



प्रतिक्रियाहरु