कोरोनाबाट संक्रमित ७१ लाख नजिक, चार लाख ५ हजारको मृत्यु, भारत बढी प्रभावित मुलुकको छैठौ स्थानमा


भक्तपुर । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ७१ लाख नजिक पुगेको छ । पछिल्लो तथ्याँक अनुसार, कोरोनाबाट संक्रमितको संख्या ७० लाख ८२ हजार नाघेको हो । कोरोना संक्रमितको संख्या संगै मृत्यु हुनेको संख्या पनि बढेर चार लाख लाख ५ हजार नाघेको छ ।
संगै कोरोना संक्रमण निको भएर घर फर्कनेको शंख्या पनि बढेर ३४ लाख ५३ हजार पुगेको छ । चीनको बुहानबाट छ महिनाअघि शुरु भएको कोरोना संक्रमणबाट अमेरिकामा मात्रै करिव २० लाख ७ हजारबढी संक्रमित भएका छन् । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या पनि विश्वमै सबै भन्दा बढी अर्थात एक लाख १२ हजार नाघेको छ ।
 अमेरिका पछि सबै भन्दा बढी संक्रमण ब्राजिलमा फैलिएको छ । पछिल्लो तथ्याँक  अनुसार, ब्राजिलमा छ लाख ९२ हजारमा संक्रमण देखिएको छ भने ज्यान गुमाउँनेको संख्या ३६ हजार ५ सय पुगेको छ । त्यसैगरी बढी प्रभावितको सूचिमा तेश्रो स्थानमा रहेको रुसमा चार लाख ६८ हजार बढीमा संक्रमण फैलिएको छ । रुसमा पाँच हजार आठ सय ६० ले ज्यान गुमाएका छन् ।
त्यसैगरी संक्रमण बढी फैलिने मुलुकको चौथो स्थानमा रहेको स्पेन,  पाँचौ मुलुक वेलायत र छैठौं स्थानमा भारत आएको छ । भारतमा दुई लाख ५७ हजार बढीमा संक्रमण पुष्टि भएको छ । भने सात हजार दुई सय बढीको ज्यान गइसकेको छ । भारतपछि  बढी प्रभावितमा युरोपेली मुलुक ईटाली रहेको छ । त्यसैगरी आठौं स्थानमा जर्मनी,नवौं स्थानमा फ्रान्स र दशौं स्थानमा टर्की रहेको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु