एकै महिना २० लाखलाई कोरोना संक्रमण

एजेन्सी । भारतमा अगस्ट महिनाभर झन्डै २० लाखमा संक्रमण देखिएको छ । कोभिड–१९ को महामारी सुरु भएयता कुनै पनि देशमा एकै महिना यति धेरै मानिसमा संक्रमण भएको यो नयाँ रेकर्ड हो । अगस्टमा यहाँ सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण ज्यान गयो । भारतमा अहिलेसम्म ३६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये भारत तेस्रो नम्बरमा छ । 
 
 
सरकारले अर्थतन्त्र प्रवद्र्धन गर्न अहिले कडाई खुकुलो गरिरहेको छ, मार्चमा लकडाउन सुरु गरेयता करोडौंले रोजगारी गुमाएका थिए ।  अगस्टमा भारतमा औसत प्रतिदिन ६४ हजारमा संक्रमण देखियो अर्थात् जुलाईको तुलनामा औसत दैनिक संक्रमण ८४ प्रतिशतले वृद्धि भयो ।
 भदौ १७
 
जबकी, यही समय अमेरिकामा प्रतिदिन औसत ४७ हजारमा संक्रमण देखियो । परीक्षण क्षमतामा वृद्धी र ग्रामिण क्षेत्रमा समेत कोरोनाको संक्रमण फैलिएकाले संक्रमितको संख्या ह्वात्तै बढेको हो । 
चारवटा राज्य उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिसामा संक्रमण ह्वात्तै बढेपछि संघीय सरकारले नै कोरोना नियन्त्रणका लागि टोली पठाउनुपरेको स्थानीय मिडियाले बताएका छन् । आर्थिक रुपमा सुविधा सम्पन्न महाराष्ट्र राज्य कोरोनाको इपिसेन्टर बनेको छ, यहाँ झन्डै ८ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु