मच्छिन्द्र नाथको रथ तान्न खोजेपछि पुल्चोकमा झडप

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । 
प्रहरीले पानीको फोहोरा हान्दा समेत वेवास्ता गरेपछि लाठचार्ज गर्नुपरेको ललितपुर प्रहरीले जनाएको छ । कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरको एसएसपी टेकप्रसाद राईले जानकारी दिएका छन् ।
भदौ १८



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु