बिस्फोट भएकै स्थानमा पुनः भयानक आगलागी

बीबीसी । लेबनानको राजधानी बेरुतमा एक महिना अघि शक्तिशाली बिस्फोट भएकै बंदरगाहमा भयानक आगलागी भएको छ । महिना दिन अघिको शक्तिशाली बिस्फोटमा १ सय ९० जनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनका अनुसार आगलागी बन्दरगाहको ड्युटी फ्री जोनमा रहेको कुनै तेल वा टायर गोदाममा लागेको हो जसलाई बढ्नबाट रोकियो ।
 
स्थानीय प्रशासनका अनुसार यो घटनामा कसैको ज्यान गएको छैन तर आगो यति भयंकर थियो कि यसबाट निस्किएको कालो धुँवाले बेरुत शहरको पूरा आकाशलाई आफ्नो रङ्गमा रङ्गाएको थियो । यद्यपि, आगलागीको स्पष्ट कारण भने पत्ता लाग्न सकेको छैन लेबनानको सेनाले आगोमाथि नियन्त्रणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपरेको बताइएको छ । 
भदौ २६



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु