भलिवल खेलाडी बस्नेत पोखरामा सम्मानीत


भक्तपुर । भलिबल खेलाडी दिपक बस्नेत पोखरामा सम्मानीत भएका छन् । भक्तपुर सिपाडोल निवासी बस्नेतलाई पोखरामा सम्मान गरिएको हो । हिमालय क्लव बाटुलेचौर पोखराको स्थापनाकालदेखि भलिबल खेलको विकासमा पु¥याएको योगदानको कदरगर्दै  बस्नेतलाई सम्मान गरिएको आयोजक हिमालय क्लवको भनाई छ ।
हिमालय क्लवद्वारा आयोजनामा भएको भलिवल प्रतियोगितामा बस्नेत सामेल भएको सूर्यबिनायक नगरपालिका वडा नं. ८ टिम सेमिफाइनल खेलमा कास्की भलिबल क्लवसँग पराजित भएको थियो । सो  प्रतियोगितामा वडा नं. ८ टिमका दुर्गा बहादुर सुनार उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भएका थिए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु