भक्तपुरमा पहिलो पटक जुम्बा प्रतियोगिता, उपाधि भीआर फिटनेशलाई



भक्तपुर । भक्तपुर जिल्लामै पहिलो पटक खुल्ला जुम्बा प्रतियोगीताको आयोजना गरिएको छ । भी आर फीटनेश लोकन्थलीले आयोजना गरेको उपत्यकास्तरीय प्रतियोगीतको उपाधि पनि आयोजक भीआर फिटनेशले नै हात पारेको छ । प्रतियोगीतमा ७ समुहले भाग लिएको प्रतियोगीतामा अल्टिमेट फिजीकल फिटनेश मध्यपुरले फस्ट रनर अप र स्टार जुम्बा ईमाडोलले सेकण्ड रनर अपको उपाधि जितेको छ ।


उपाधि बिजेता भीआरलाई समाजसेवी तथा खेलाडी रबि राणाले आफ्नो तर्फबाट  २५ हजार नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी फस्ट रनर अप अल्टिमेट र सेकेण्ड रनरअप स्टार जुम्बालाई महेशराज कुँवरले क्रमश १५ हजार र ५ हजार नगद प्रदान गर्नुभयो । बिजयी सबै समुहका लागि अजय श्रेष्ठले अवार्ड प्रदान गर्नुभएको थियो । प्रतियोगीतको निर्णायकमा शोभा गुरुङ्ग, छिरीङ्ग लामा, सम्झना सुब्बा, मेनका राई र कुन तामाङ रहनुभएको थियो ।
यस अघि प्रतियोगीताको उद्घाटन सत्रमा बोल्दै नेपाली कांगे्रसका नेता अष्टकुमार कबें, समाजसेवी तथा खेलाडी तथा नेता रबि राणा, महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईराला, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, आयोजक संस्था भी आर फीटनेशका अध्यक्ष रमेश प्याथ लगायतले स्वस्थ जीवन र उन्नतीको मार्ग खेलकुद र मनोरन्जन भएको बताउनुभयो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु