नेपाली क्रिकेटमा साढे तीन वर्षदेखि लागेको प्रतिबन्ध फुकुवा

 
भक्तपुर । नेपाली क्रिकेटमा साढेतीन वर्षदेखि लागेको प्रतिबन्ध फुकुवा भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । 
आईसीसीको दुवईमा बसको वैठकले प्रतिबन्ध सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । आईसीसी वैठकले सर्तवारे केहि नखुलाए पनि नेपालले पाउँने आर्थिक सहयोग सुचारु हुने  जनाइएको छ । निलम्बन फुकुवालाई नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेटको नयाँ युग शुरु भएको अर्थमा लिएको छ । आईसीसीले हालै भएको क्यानको निर्वाचनमा चतुरबहादुर चन्द नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएसंगै प्रतिबन्ध फुकुवा गरेको हो ।
२०७३ सालमा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएको थियो । आईसीसीको पहलमा २ हप्ता अघि क्यानको निर्वाचन सम्पन्न भए पछि निलम्बन फुकुवाको बाटो खुलेको थियो । नेपाली क्रिकेटले प्रतिबन्धका बावजुद विश्व स्तरमा राम्रो छाप छाड्दै आएको छ । प्रतिबन्ध फुकुवासंगै नेपाली क्रिकेटले थप छलांङ मार्ने अपेक्षा खेलप्रेमीले गरेका छन् । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु