पदम कप भलिबलमा जनप्रेमी दोश्रो


मध्यपुर थिमि, श्री पदम मा. वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सातौं पदम कप भलिबल प्रतियोगितामा आदर्श जनप्रेमी अ. मा. वि. कौशलटार दोश्रो हुन सफल भएको छ । भक्तपुर जिल्लाका ९ वटा माध्यमिक विद्यालय + २  वीच भएको प्रतिस्पर्धामा जनप्रेमी उपविजेता बन्न सफल भएको हो । पदम मा. वि. भक्तपुर दरवार स्क्वायरमा भएको ‘पुरस्कार तथा छात्रवृति वितरण कार्यक्रम’ मा काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. सुरेश राज शर्माको प्रमुख आतिथ्यतामा विजयी हुनु हुने विद्यालयका छात्र खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद सात हजार रुपियाँ प्रदान गरिएको थियो । खेल अवधिभर सर्वोत्कृष्ट स्पाइकर विधामा जनप्रेमीको कक्षा ८ मा अध्ययनरत छात्र देव राज गरन्जाले हात पार्न सफल भएको अतिरिक्त क्रियाकलाप संयोजक राजु प्रजापतीले बताएका छन् ।

 



प्रतिक्रियाहरु