मध्यपुर नगरपालिका कपमा विनायक विजयी

 
भक्तपुर । मध्यपुर नगरपालिका कपको उपाधि विनायक स्कूलले जितेको छ । मध्यपुर ठिमी नगरपालिका र मध्यपुर यूथ एसोसियसनद्धारा आयोजित पाँचौ मध्यपुर नगरपालिका कपको उपाधि विनायक स्कूलले जितेको हो । नगर भरिका विद्यालय सहभागि रहेको प्रतियोगिताको फाईनल खेलमा एसओएस स्कूललाई पराजितगर्दै विनायकले उपाधि जितेको हो । 
विनायकले सेमिफाईनलको प्रतिस्पर्धामा हिमचुली स्कूललाई १(० ले पराजितगर्दै फाईनलमा स्थान पक्का गरेको थियो । प्रतियोगितामा विनायकका  मदन खत्री म्यान अफ द म्याच र उत्कृष्ठ खेलाडी घोषित भए । त्यसैगरी उत्क्रिस्ट गोलकिपर पुष्पलाल आलेमगर र वेष्ट कोचको उपाधि पनि विनायककै विद्यालयका प्रशिक्षक मनोज रंजितले हात पारे । 
स्क्रायावलमा विनायकका जलज राष्ट्रिय च्यामपियन
यसैबीच, मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कूलका छात्र जलज प्रजापति स्क्रायावलको पाचौं राष्ट्रिय प्रतियोगितामा च्यामपियन बन्न सफल भएका छन् । स्क्रायावल क्लव अफ पोखरा र अमेरिकन बुक कर्नरको आयोजनामा पर्वतको कुस्मामा आयोजित राष्ट्रव्यापि स्क्रयावल च्यामपियनसिप प्रतियोगितामा आफ्नो उच्च क्षमता प्रदर्शन गरी उनी राष्ट्रिय च्यामपियन बन्न सफल भएका हुन् । देशभर सञ्चालन गरिएको छनौट प्रक्रियामा २३ जिल्लाका ६४ जना विद्यार्थीहरु राष्ट्रिय च्यामपियन प्रतियोगितामा सहभागी थिए । 
 प्रजापति पहिलो चरण, दोस्रो चरण हुदै राष्ट्रिय च्यामपियन बन्न सफल भई अन्तराष्ट्रिय स्क्रायावल च्यामपियनका लागि नेपालको तर्फबाट छनौट भएका छन् । २०७६ माघ १ गते  भारत, मलेसिया, श्रीलङ्का, वङ्गलादेश लगायत अन्य देशका प्रतियोगिहरुसँग उनी सो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।



प्रतिक्रियाहरु