भक्तपुरमा दुई अर्व ४० करोडको लागतमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुंदै



भक्तपुर । भक्तपुरमा दुई अर्व ४० करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने भउको छ । जिल्लाको चाँगुनारायण नगरपालिका–७ स्थित भंगेरी डाँडामा करिब दुई सय रोपनी क्षेत्रफलमा रंगशाला निर्माण गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले बताउँनु भयो । अध्यक्ष कासिछ्वाका अनुसार, करिव २ अर्व ४० करोड रुपैयाँको लागतमा निर्माण हुने रग्बी बहुउद्देश्यिय अन्तर्राष्ट्रिय खेल मैदान निर्माणका लागि जमिन सम्याउने काम भइरहेको छ ।
 यसैबीच निर्माण प्रारम्भ भएको अन्र्तराष्ट्रिय खेल मैदानको प्रदेश सांसद, नगर प्रमुख, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहितको टोलीले अनुगमन गरेको छ ।  अनुगमनका क्रममा वाग्मती प्रदेशका सांसद कृष्णलाल भडेँल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेकपाका जिल्ला सचिव डिपि ढकाल, नेपाली काग्रेसका नेताहरु राजाराम खड्का, यादव लामिछाने, मनोज गिरी, वडाध्यक्षहरु ज्ञानबहादुर केसी, जयेन्द्र खड्का, परासर सापकोटा, सन्तमान वाइवा, गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा (बजगाई), नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुडाथोकी लगायतले निर्माणाधिन रंगशालाको अनुगमन गर्नु भएको थियो ।


अनुगमनका क्रममा प्रदेश सांसद भडँेलले प्रदेशबाट रंगशालाका लागि एक करोडको बजेट विनियोजनको तयारी भएको बताउदै एउटा राजनीतिक दलका कारण यो क्षेत्र विकास निर्माणमा ४० वर्ष पछि धकेलिएको  बताउानु भयो । विकास निर्माणमा राजनीतिक पूर्वाग्रह नराख्न आग्रहगर्दै भंडेलले नेमकिपाले रंगशालाको विरोध गरेपनि स्थानीयवासी, र अन्य प्रमुख  दलको समर्थनका कारण रंथशाला बनाएरै छाड्ने बताउनुभयो । रंगशाला निर्माण गर्दा खानेपानी पर्यावरणमा ध्यान दिइने उल्लेखगर्दै सांसद भंडेलले राजनीतिक पूर्वाग्रहलाई थांती राखेर विकास निर्माणमा सबै दल जुट्नु पर्ने बताउनु भयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले रंगशाला स्थानीय, प्रदेश र संघीय सरकारको बजेटबाट निर्माण गरिने जानकारी दिदै नेमकिपाले रंगशालाको विरोध गर्दैमा केहि फरक नपर्ने बताउनु भयो । प्रमुख मिश्रका अनुसार, ४० हजार दर्शक क्षमता रहने सो खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अघि बढाइएको छ । नगर प्रमुख मिश्रले यस आबमा रंगशाला निर्माणका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ विनियोजन गरि बुट्यान हटाउने र मैदान सम्याउने काम गरिरहेको बताउँनु भयो ।
पाँच बर्षभित्रमा निर्माण सम्पन्न गर्ने योजनासहित काम अघि बढाइएको बताउँदै भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वाले आगामी आर्थिक बर्षमा चाँगुनारायण नगरपालिका र प्रदेश सरकारको बजेटमा मैदानको काम अगाडि बढ्ने बताउँनु भयो ।

 



प्रतिक्रियाहरु