मेसीले बार्सिलोना छाडिसकेको दाबी

लियोनल मेसीले बार्सिलोना छाड्ने इच्छा क्लब व्यवस्थापनसमक्ष प्रकट गरिसकेका छन् ।  त्यसयता, मेसीलाई बार्सिलोनामै राख्न क्लब व्यवस्थापन सफल हुन्छ वा हुँदैन भन्ने विषयमा चर्चा भइरहेको छ । अर्जेन्टिना तथा रियल म्याड्रिडका पूर्व खेलाडी तथा प्रशिक्षक जर्ज भाल्डानोको दाबी पत्याउने हो भने मेसी मानसिक रुपमा बार्सिलोनाबाट बाहिरिइसकेका छन् । ६ पटकका बेलोन डि अर विजेता मेसी सोमबार क्लबको प्रशिक्षणमा पनि आएनन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको  नेतृत्वमा भएको यो पहिलो प्रशिक्षण थियो । 
६४ वर्षीय भाल्डोनाका अनुसार मेसीले निशुल्क स्थानान्तरण हुन पाउने सम्झौता कार्यान्वयनमा भइसकेको छ । जबकी, बार्सिलोनाले अझै पनि मेसीलाई आबद्ध गर्न चाहने क्लबले ७ सय मिलियन पैसा खर्चनुपर्ने बताइरहेको छ । यसअघि मेसीले जुनसम्म क्लब छाड्दा निःशुल्क स्थानान्तरण हुन पाउने व्यवस्था सम्झौतामा उल्लेख थियो । तर कोरोना भाइरसका कारण यो सिजन लम्बिएकाले अगस्टको अन्तिमसम्म क्लब छाड्न पाउनुपर्ने मेसीको माग छ ।
 
भदौ १७



प्रतिक्रियाहरु