भक्तपुर जिल्ला सोतोकान कराते संघ गठन

भक्तपुर ।  भक्तपुरमा  जिल्ला सोतोकान कराते संघ गठन गरिएको छ । राधेराधेमा आयोजित एक कार्यक्रममा १३ सदस्यीय संघ गठन गरिएको छ । सोतोकान कराते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक  हेमकुमार श्रेष्ठको संयोजकत्व र प्रकाश श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय जिल्ला संघ गठन गरिएको हो ।  संघमा अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष दीपमणि सेढाईं, सचिवमा  विनोद नेपाल, सह-सचिव दीपक सापकोटा र कोषाध्यक्षमा समीर बस्नेत छन् । यस्तै सदस्यहरुमा इड लामा, रिता साखकर्मी, सगुन गमाल, सुबोध  पोखरेल, शर्मिला मगर, नयाना बाटी, पञ्च तामाङ र अमन श्रेष्ठ रहेका छन् ।
 
कार्यक्रमका प्रमुख सांसद महेश बस्नतेले खेलले नै नेपाललाई विश्व सामू चिनाएको बताएका छन् । यसमा पनि अधिकांश पदक मार्सल आर्टको विधाले जितेको उनको भनाई छ । सोतोकान काराते पनि मार्सल आर्टको एक विधा भएको बताउँदै भक्तपुर जिल्ला सोतोकान करातेले स्वस्थ खेलाडी निर्माण गर्ने र स्वस्थ समाज निर्माण गर्नमा सहयोग पुर्‍याउनेमा आफू विश्वस्त भएको बताए । उनले भने 'युवालाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन सकिन्छ र युवा स्वस्थ भए भने देश निर्माण पनि अघि बढाउन सकिन्छ ।' सरकारले खेल र खेलाडीलाई विशेष प्राथमिकतामा राखेको बताउँदै बस्नेतले कोभिड १९ को समयमा आर्थिक र खेलकुद गतिविधिलाई चलायमान बनाउन सकेकोमा खुशी लागेको बताए । 
सोही अवसरमा राधेराधेमा डिएसपी फिटनेस क्लबको पनि उद्घाटन गरिएको थियो ।  -मंसिर २९



प्रतिक्रियाहरु