क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

 
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त गरिएको छ। बिहीबार नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। वाटमोर अहिले सिंगापुर क्रिकेटको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । त्यहाँबाट उनी नेपाल आउने भएका हुन्। क्यानले वाटमोरको नियुक्ति कति समय भन्ने भने खुलाएको छैन्। यस्तै क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ । रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन् भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ । पुस २



प्रतिक्रियाहरु