५८ पर्वतारोहीले पाए हिमाल आरोहणको स्वीकृति

काठमाडौँ । लामो बन्दान्दीपछि खुला भएको पर्वतारोहणका लागि ५८ हिमाल आरोहीले आरोहणको स्वीकृति पाएका छन् । गत सेप्टेम्बर ४ देखि नेभेम्बर ४ सम्म २७ नेपालीसहित कुल ५८ विदेशी पर्यटकले हिमाल आरोहणको स्वीकृति पाएको पर्यटन विभागले जनाएको छ । 
 
माउन्ट वरुण, मनास्लु, ग्याल्जेन, हिमलुङ, आमादब्लम गरी ५ वटा हिमाल आरोहणका लागि विभिन्न ८ वटा समूहमा आएका नेपालीसहित कुल ५८ पर्वतारेहीलाई स्वीकृति दिइएको विभागले जनाएको छ ।
त्यसबाट विभागले गएको तीन महिनामा २७ हजार ८ सय ५० अमेरिकी डलर अर्थात् ३३ लाख ७ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । कार्तिक २०



प्रतिक्रियाहरु