'अब पर्यटन गतिविधि खुल्ला हुन्छ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
 
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै अब पर्यटकीय गतिविधि सञ्चालन गरिने भट्टराईले बताए ।   सोही अवसरमा मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा समेत अघि बढाइने बताएका छन् ।  यसका लागि सबै क्षेत्रबाट कोभिड स्वास्थ सुरक्षा विधिहरु अपनाउदै आ–आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा लाग्न समेत मन्त्री भट्टराईले अपिल गरेका छन् ।
कार्तिक २१



प्रतिक्रियाहरु