कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

 
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं.५ कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ईनरह्वील क्लब अफ भक्तपुर तथा सुर्यबिनायक नगरपालिका वडा नं.५ को संयुक्त आयोजनामा  निःशुल्क महिला स्वास्थ्य शिबिरको आयोजना गरिएको हो । कटुन्जे स्वास्थ्य चौकी हातामा आयोजित शिविरमा एक सय जना महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । 
शिविरमा पाटन महालक्ष्मी स्थानस्थित गणेशमानसिंह मेमोरियल अस्पतालका स्त्री रोग बिशेषज्ञ डा. मधु तुम्बाहाम्फे नेतृत्वको टोलीले स्वास्थ्य जाँच, पाठेघर, ब्लड प्रेसर, जाँच लगायतका सेवाहरु प्रदान गरेको थियो । टोलीमा गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनीकका डा.बिना श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो । बिरमीलाई आवश्यकता अनुसार गणेशमानसिंह मेमोरियल अस्पतालका डा.अनुप शाक्यले निशुल्क भिडीयो सेवा उपलब्ध गराउनुभयो । 
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा महिला दिदी बहिनीको प्यास स्मेर जाँच र कटुन्जे हेल्थपोष्टको सहयोगमा निःशुल्क ब्लड सुगर जाँच गराईएको थियो । शिविरमा चक्रवर्ती हवी एजुकेशन एकेडेमीका बिएस्सी तेस्रो बर्षका बिद्यार्थीहरु स्वयंसेवकको रुपमा परिचालित थिए । ईनरह्वील क्लब अफ भक्तपुरको तर्फबाट अध्यक्ष रीना ताम्राकारले कटुन्जे स्वास्थ्य चौकीका लागि ल्याबका बिभिन्न उपकरण समेत प्रदान गर्नुभयो । 
कार्यक्रममा वडाध्यक्ष राजकुमार जोशी, स्वास्थ्य चौकी प्रमुख कृष्ण अधिकारी, स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य स्वयंसेवीका, बिभिन्न क्लबका सदस्य तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । शिविरमा ओम फर्मास्युटिकल ल्याबोरेटरी र गणेशमान सिंह मेमोरियल अस्पतालले निःशुल्क औषधी समेत बितरण गरेका थिए । कार्यक्रममा सहयोगी डाक्टर तथा संघ संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु