नगरकोट फेदिका ५२ घरमा नमुना बस्तिमा दर्जनौ विदेशी पाहुना


भक्तपुर । चाँगुनारायण नगरपालिकाको नगरकोट फेदिस्थित ५२ घरलाई नमुना बस्ति घोषणा गरिएको छ । नमुना बस्ति शुरुवातसंगै २ घरबाट होमस्टेको शुरुवात गरिएको छ । चाँगुनारायण नगरपालिकाको अगुवाईमा “सफा सुग्घर घर आँगन सफा स्वच्छ बाटो पूर्ण सरसफाई उन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ सो गाउँलाई नमूना वस्ती बनाइएको हो ।


पूर्ण सरसफाई तर्फ अग्रसर नगरकोटको फेदि नमुना समुदायमा ५२ घरहरुले ५२ सदस्य टोलि बनाई आफ्नो ठाउँलाई स्वच्छ, सफा दिसा पिसाब मुक्त हराभरा ठाँउ र विषाधिमुक्त तरकारी तथा अर्गानिक खानेकुराको थालनी गर्न तयारी गरेको हो । नगरकोट वडा नं.६ की वडा संयोजक नानुमैया गिरीले जानकारी दिनुभयो । नगरकोटको बास्तोला गाँउमा संचालनमा रहेको १७ वटा होमस्टे मध्ये २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि अहिले ८ वटा होमस्टे संचालन भइरहेको नगरकोट सामुदायिक होमस्टेका उपाध्यक्ष तथा होमस्टे एशोसियसन नेपालका केन्द्रिय सदस्य राजकुमार लामिछानेले जानकारी दिनुभयो ।


आगामी दिनमा यो १७ वटा होमस्टे संचालनका लागि तयारी भइरहेको लामिछानेले जानकारी दिनुभयो । नमुना बस्तीमा अवलोकनका लागि अष्ट्रेलियाको वास फर यूमेन अर्गनाइजेसनबाट आएको एक टोलिले सो नमुना गाउँको अवलोकन गरेको छ । दुई दर्जन बढी सम्मेलित टोलिमा सार्क राष्ट्र लगायत विभिन्न देशबाट आएका २५ जनाको सहभागिता रहेको थियो । एलियासको नेतृत्वमा आएको टोलिले हाल सर्लाहि र उदयपुरमा नमुना बस्तीमा काम गरिरहेको छ, भने काठमाडौंको ग्रामिण बस्तीहरुमा नमुना बस्तीको स्थिति जान्नका लागि नगरकोट फेदिमा पनि अवलोकन गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले बताउँनु भयो ।
टोलीले बस्तिको अवलोकन अघि नगरपालिकमा अन्तरक्रीया गरेका थिए । त्यस क्रममा नगर प्रमुख सोमप्रसाद मिश्रले उनीहरुलाई स्वागत गर्दै नमुना गाउँ र त्यस क्षेत्रमा गरिएका कार्यको जानकारी दिनु भएको थियो । टोलीले अवलोकनका क्रममा सरसफाईको अवस्था, शौचालयको सफाई, साबुनको प्रयोग, सुरक्षित पानीको प्रयोग, सुरक्षित खानाको प्रयोग, घरबाट निस्कने फोहोरको व्यवस्थापन, अर्गानिक साग सब्जि तरकारीको प्रयोग र नमुना समुदायभित्र होमस्टे संचालन भएको लगाएतका विषयमा अवलोकन गरेका थिए ।


नमुना बस्तिको टोल संयोजक रुपा गजुरेलले अबका दिनहरुमा नमुना बस्तिीले बनाएको आचारसंहिता अनुसार सरसफाईलाई ध्यान दिई अर्गानिक खानेकुरामा प्राथमिकता दिने र  यो ठाँउलाई भक्तपुर जिल्लाकै उत्कृष्ट गन्तव्य बनाउने प्रतिबद्धता जनाएकी थिईन । होमस्टे एसोसिएसन नेपालका केन्द्रिय सदस्य राजकुमार लामिछानेले विदेशी तथा स्वेदेशी पाहुनाहरुको लागि कोठाको व्यवस्थापन गरिएको बताउदै होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्ने कोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुन लगायत आवश्यक सबै सामान राखिएका बताउनुभयो ।
पाहुनाका लागि खाना र बस्नका लागि प्याकेज र मेनु बनाइएको छ । नगरकोट फेदि नमुना बस्तिको चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले उद्घघाटन गर्नुभएको थियो । कार्यक्रममा मेयर मिश्रले चाँगुनारायणको विकासको लागि गर्न सकिने सम्भाव्यताको विषयमा र सुधार गर्नुपर्ने पक्षहरुका विषयमा विदेशी २५ जना टोलिलाई प्रिजेन्टेसन गर्दै सम्पुर्ण जानकारी दिनुभएको थियो । कार्यक्रममा यस ठाउँको विकासको लागि सधै नगरपालिको साथ र सहयोग रहेको बताउदै आगामी दिनहरुमा यो नमुना बस्ति मात्र नभएर यहाँ विदेशी तथा स्वदेशी पर्यटक आगमन स्थलको रुपमा विकास गर्नका लागि सरसफाइमा ध्यान दिई अर्गानिक खानेकुराको मात्रै प्रयोग गरि होमस्टेको रुपमा विकास गर्न सकिने प्रमुख मिश्रको भनाई थियो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु