रेडक्रसद्वारा झौखेलमा निःशुल्क स्वास्थ्य शिविर


भक्तपुर । नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको आयोजनामा झौखेलमा १ दिने नाक, कान, घाटी र आँखा शिविर सम्पन्न भएकोछ ।  वी.पी नेत्र आँखा प्रतिष्ठान बाल आँखा, नाक, कान घाटी अस्पताल एवं पुनस्थापना सेवा मनोहरा, भक्तपुरको प्राविधिक सहयोगमा सो शिविरको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको भवनमा संचालित शिविरमा ३८ महिला र ५७ पुरुष गरी १०५ जनाको आँखा, नाक, कान घाटी परिक्षण गरिएको थियो । शिविरमा परिक्षण गर्न आएका मध्येबाट ६ जना विरामीलाई थप उपचारका लागि वी.पी नेत्र प्रतिष्ठानमा रिफर गरिएको नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाका सभापति धर्मेन्द्र थापाले जानकारी दिनुभयो ।


नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको समन्वयमा जिल्ला शाखा अन्तर्गतका २१ वटै उपशाखामा यस प्रकारका स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको रेडक्रस जिल्ला शाखा सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु