एक सय बढी कोरोना संक्रमित जिल्ला १३, बढी प्रभावित जिल्ला कुन कुन ?


भक्तपुर । पछिललो समय पिसिआर परिक्षण बढाएसंगै मुलुकमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कुल १ लाख १० हजार ७ सय ४४ जनाको पिसआर परिक्षण गरिएकोमा ४ हजार ३ सय ६४ जना संक्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार, ६ सय ७४ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
 पछिल्लो पटक दुई सय ८३ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार, मुलुकका ७७ मध्ये ७२ जिल्लामा पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सबै भन्दा बढी संक्रमण फैलिएको कपिलवस्तुमा ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुपछि रौतहटमा ४ सय ७९,
दैलेखमा संक्रमितको संख्या ३८५ पुगिसेको छ ।
 
यी हुन, सय बढी संक्रमित भएका १३ जिल्ला
जिल्ला             संक्रमित संख्या

कपिलवस्तु             ६३५
रौतहट             ४७९
सर्लाही             ४१६
दैलेख             ३८५
बाँके                 २८३
धनुषा             १६१
महोतरी            १६१
झापा             १४५
सल्यान             १४०
रुपन्देही            १३८     
पर्सा                 १२३
सुर्खेत                १०७
सप्तरी                १०६


 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु