कपिलवस्तुलाई उछिन्दै रौतहट कोरोना संक्रमितको एक नंम्वरमा, ५३३५ संक्रमित, १८ जनाको मृत्यु


भक्तपुर । कपिलवस्तुलाई पछिपार्दै रौतहट जिल्ला कोरोना संक्रमितको पहिलो नम्वरमा उक्लिएको छ । शनिवाररातीसम्मको परिक्षण अनुसार, रौतहटमा सात सय १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दोश्रो नम्वरमा झरेको कपिलवस्तीमा छ सय ४८ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी तेश्रो स्थानमा रहेको दैलेखमा पाँच सय नौ जनामा संक्रमण देखिएको छ ।
एक लाख २७ हजार २ सय ८८ जनाको परिक्षण गर्दा पाँच हजार तीन सय ३५ जनामा संक्रमण भेटिएको छ । जसमध्ये १८ जनाको ज्यान गएको छ भने नौ सय १३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । मन्त्रालयका अनुसार, पछिल्लो पटक दुई सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक दुई सय ७३ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार, मुलुकका ७७ मध्ये ७२ जिल्लामा पुगिसकेको छ ।

 यी हुन, सय बढी संक्रमित भएका जिल्ला
जिल्ला             संक्रमित संख्या

रौतहट                  ७१४
कपिलवस्तु             ६४८
दैलेख                   ५०९
सर्लाही                 ४८९
बाँके                    ३१७
सुर्खेत                   १९९
रुपन्देही                १९१     
महोतरी                १८०
धनुषा                  १७९
झापा                   १७०
सल्यान                १३९
सप्तरी                 १३९
पर्सा                    १२९
दाङ                   १०४

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु