अब मात्र ४ हजार ४ सय रुपैयाँमा पीसीआर परीक्षण

काठमाडौं । कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पीसीआर टेष्टको शुल्क ४ हजार ४ सय रुपैयाँ तोकिएको सहायक प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन् । ‘सेवा शुल्क सबै जोडेर यो भन्दा बढी लिन पाइँदैन’ उनले भने । यसअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले नै ५ हजार ५०० रुपैयाँ  शुल्क तोकेको थियो ।
 
 
सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।
भदौ १४



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु