वीर अस्पताल अब कोभिड अस्पतालका रुपमा सञ्चालन हुने

काठमाडौं । वीर अस्तपाललालाई सरकारले कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए । 
 
यस्तै  त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो । 
भदौ २१



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु