सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु


काठमाडौं । काठमाडौं, दाङ र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका ३० ज्ञानेश्वरस्थित सडकमा बा.८२ प ८५४९ नम्बरको स्कुटर र बा. ५प ७१५१ नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका ९ बत्तिसपुतली बस्ने २४ वर्षीय अनिश श्रेष्ठको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी, गोकर्णेश्वर नगरपालिका ८ माकलबारीस्थित सडकमा बा.४३ प १०६९ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सिन्धुपाल्चोक मेलम्ची घर भई हाल गोकर्णेश्वर बस्ने ७१ वर्षीया मैसानी तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको छ ।  उता दाङ, लमही नगरपालिका ९ रिहारस्थित पूर्वपश्चिम राजमार्गमा रा.१ प ११३१ नम्बरको मोटरसाइकललाई ना.६ ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका ५ धर्ना बस्ने ४२ वर्षीय बिनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका ४ कारकादो बस्ने ४५ वर्षीय रमेश बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    कास्की, पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रमा ग.१० प ४७५० नम्बर र ग.४ प २२५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका ग.४ प २२५४ नम्बरको मोटरसाइकल चालक पोखरा महानगरपालिका १३ मियापाटन बस्ने ४० वर्षीय देवदास गुरुङको फिष्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ग.१० प ४७५० नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
उता    धनुषा, मिथिला नगरपालिका १ लक्षमीबासस्थित महोत्तरी घर भएका अजित कुमार झाको सुपर खुश्वु ब्राण्डको दालमोठ उत्पादन हुने माँ चिप्स उद्योगमा शनिबार साँझ बिजुली सर्ट भई आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बारा, जितपुर सिमरा उपमहानगरपालिका ५ लल्कापुलस्थित चकलेट फ्याक्ट्रीको गोदाममा करेण्ट सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पर्सा, बहुदरमाई नगरपालिका ७ भौराटार बस्ने रजाक मिया अंसारीको घरमा आइतबार बिहान अचानक आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  
 



प्रतिक्रियाहरु