घर बनाउने क्रममा लडेर एक मजदुरको मृत्यु अर्का एक गम्भिर


भक्तपुर । भक्तपुरमा नयाँ घर निर्माण गर्ने क्रममा एक मजदुरको ज्यान गएको छ । जिल्लाको भक्तपुर नगरपालिका–७ ग्वाछे टोलस्थित गणेश सुवालको ४ तल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा लडेर मजदुरको ज्यान गएको हो । प्लाष्टर गर्ने क्रममा बाँसको खट भाचिएर लडेका दुई मजदुर मध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने बर्ष ५० को राजु अन्सारीको ज्यान गएको प्रहरीले जनाएको छ ।
लडेर घाईते भएका दुवैलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा  अन्सारीको शुक्रवार अपरान्ह मृत्यु भएको अस्पतालले जनाएको छ । घट्नाको खवर पाउँने बित्तिकै महानगरीय प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरबाट खटिएको प्रहरी टोली घाईतेको उद्धार गरी उपचारको लागी भक्तपुर अस्पताल लगेको थियो । घट्नामा परेर गम्भिर घाईते भएका काभ्रे जिल्ला बनेपामानै बस्ने बर्ष १८ को सहजात अन्सारीलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 



प्रतिक्रियाहरु