काठमाडौंमा एकैपटक चार सन्तानको जन्म !


भक्तपुर । सुन्दै अचम्म लाग्न सक्छ, एकै पटकमा चार सन्तान जन्मिन्छन् भन्दा । काठमाडौंमा त्यस्तै घट्ना बुधवार भएको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक महिलाले एकैपटक चार शिशु जन्माएर सबैलाई अचम्ममा पारेकी हुन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले जनाएको छ ।
अस्पतालकी प्रसुती रोग विशेषज्ञ चन्दा कार्कीका अनुसार चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् ।  चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको कार्कीले बताउँनु भयो । कार्कीका अनुसार, यसरी चम्ल्यहा बच्चा जन्मनु दुर्लभ घटना हो । आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको कार्कीले बताउानु भयो । चार मध्ये एक जना शिशुको अवस्था भने अस्थिर देखिएको अस्पतालले जनाएको छ ।
 



प्रतिक्रियाहरु