आफ्नै भाइको हत्या अभियोगमा पक्राउ


भक्तपुर । आफ्नै भाईको हत्या अभियोगमा भक्तपुरमा एक जना पक्राउ परेका छ्न् । आफ्नै भाइ ४० वर्षीय नेत्र बहादुर अछामीलाई भ¥याङबाट धकेलेर हत्या गरेको अभियोगमा चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्ने गोरखा पालुङ्टार नगरपालिका २ घर भएका खिला अछामीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।  
खिलाले भ¥याङबाट धकेल्दा लडेर गम्भीर घाइते भएका नेत्रको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो । खिलाका २२ वर्षीय छोरा वेसन अछामी समेतलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 



प्रतिक्रियाहरु