गोरू चोरेर काट्ने चारजना पक्राउ


भक्तपुर । भक्तपुरमा गोरु चोरेर काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । जिल्लाको मध्यपुर थिमी– १ मनोहरामा गोठमा बाँधेको बहर गोरू चोरी गरी मनोहरा खोला छेउमा गोरू काटी भाग लगाउदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले उनीह्रुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर फिदिम न.पा.  वडा नं. ६ बस्ने बर्ष ४२ को जगत कुमार थापा मगर, सोहि जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३३ को नरेश लिम्बु, सोहि स्थानका बस्ने बर्ष ३७ को बसन्त लिम्बु  र पाँचथरकै याङवरक गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४४ को सागर भन्ने सन्त कुमार बेघा रहेका छन् । महानगरीय प्रहरी बृत्त थिमिका प्रमुख शान्तिराज कोईरालाका अनुसार,  उनीहरुलाई गोरु काट्दै गरेको अवस्थाम पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट मासु काट्न प्रयोग भएका औजारहरु समेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई मंगलवार जिल्ला अदालत भक्तपुरमा पेश गरी पशुपंक्षी सम्बन्धि कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको कोईरालाले बताउँनु भयो ।
 



प्रतिक्रियाहरु