प्रधानले जन्माईन, एकै पटकमा चार सन्तान


पोखरा । एक पटककमा एक वा दुई सन्तान जन्मिएको त हामीले सुन्दै आएको हो । तर,स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता प्रधानले एकै पटक चार सन्तान जन्माएकी छिन् । पोखराको मणिपाल अस्पतालमा २६ वर्षीया प्रधानले बिहिबार बिहान ९ बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् ।
 अस्पतालका डा महेन्द्र पाण्डे नेतृत्वको चिकित्सक टोलीले शल्याक्रीयामार्फत स्वस्थ्य अवस्थाका चार सन्तान जन्माइएको हो । जन्माएका चार सन्तानमध्य एक छोरा र तीन छोरी रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, पहिलो छोरी १.६ किलो, छोरा १.३ किलो, छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।
नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । सामान्य बच्चा भन्दा कम तौल भएका कारण चारै नवजात शिशुलाई सघन उपचार कक्ष (आईसियु) मा राखिएको छ । यसअघि पौडेलका एक छोरा थिए ।

 



प्रतिक्रियाहरु