स्थानीय तहका प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र पुगेर हाजिर गर्न निर्देशन दिएको छ । मन्त्रालयले बिहिवार एक सूचना जारी गर्दै सरुवा भएको लामो समयसम्म स्थानीय तहमा नपुगेका प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।
सरकारले लकडाउनअघि नै केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । मन्त्रालय स्रोतका अनुसार, वीरगञ्ज महानगरपालिका, हेटौडा उपमहानगरपालिका लगायतका १५स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत खाली छ । प्रमुख कार्यकारी नहुंदा कोरोना संक्रमणका समयमा काम गर्न समस्या भएको भन्दै मन्त्रालयले ताकेता गरेको हो ।
समान्य प्रशासन मनत्रालयका प्रवक्ता बसन्त अधिकारीले यस्तो महामारीको समयमा पनि तोकिएको जिम्मेवारी पूरा गर्न नजाने अधिकारीलाई कार्यस्थलमा पुग्न २४ घण्टाको समयसीमा दिइएको बताए । अटेर गरे कानूनअनुसार स्पष्टीकरण सोध्नेसहित कारवाहीको प्रक्रिया अघि बढाउने उनले बताए ।



प्रतिक्रियाहरु