भक्तपुरको गुण्डूमा वैष्णोदेवी महोत्सव, भक्तजनको उत्साहजनक सहभागिता


भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा शुरु भएको वैष्णोदेवी महोत्सव, भक्तजनको उत्साहजनक सहभागिता भएको छ । दसैंको घटस्थापनादेखि विजयादशीको दिनसम्म नवरात्रका अवसरमा सञ्चालन  भएको वैष्णोदेवी महोत्सव भक्तजनको उत्साहजनकरुपमा  सहभागिता  रहेको आयोजकको भनाई छ । विभिन्न स्थानबाट दैनिक हजारौंको संख्यामा भक्तजनको सहभागिता भएको छ ।
असोज १२ गतेदेखि २१ गतेसम्म चल्ने गुण्डूको सुब्बा पाखामा सञ्चालन भएको शतचण्डी ज्ञान महायज्ञ भक्तजनको भीड लागेको हो । महोत्सवमा लक्षण शास्त्रीको प्रमुख वाचकत्वमा नेपालका राष्ट्रिय कलाकारहरुको उपस्थितिमा भजन, कीर्तन, देवलीला, झाँकी तथा गुरूहरुबाट शतचण्डी पाठ पारायण र दैनिकी हवन भइरहेको छ । महोत्सवबाट सङ्कलीत रकमबाट बहुुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माण गरिने कार्यक्रमका संयोजक अरबिन्द शास्त्रीले बताउनुभयो ।


 गत असार ४ गते ताप्लेजुङ्गको पाथीभरा मन्दिरबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्र स्वरुपको त्रिशुल शक्तिको रुपमा सोही स्थानमा सांसद महेश बस्नेतले शिलन्यास गर्नुभएको थियो । भविष्यमा सोही स्थानमा द्वारकापुरी दिव्यधाम समेत निर्माण गरिने लक्ष्य लिएर सो महौत्सवको आयोजना गरिएको हो । मन्दिर  निर्माण समितिका संयोजक अर्जुन बस्नेतका अनुसार, असोज १२ गते विहान ८ बजे कलश यात्रा, पूर्वाङ्ग र ११ बजे शतचण्डी ज्ञानमहायज्ञको समुद्घाटन,  दैनिक मण्डप पूजा एवं हवन  बिहन ७ देखि ८ बजेसम्म भइरहेको छ ।


वैष्णोदेवी महोत्सव शुरु भएदेखि  दैनिक पर्ने पानी रोकिएको, सूर्यविनायक नगरपालिका वडा नंं ७ वडा कार्यालयले महोत्सवसम्म पुग्नका लागि बाटो ग्रावेल गरेको, नेपाल विद्युत प्राधिकरणले बत्तिको व्यवस्थापन गरिएको र गुण्डू खानेपानी मूल उपभोक्ता समितिले खानेपानीको व्यवस्था गरिएको र दैनिक शान्ति दीप प्रज्वलन गर्ने गरिएको छ । महोत्सवमा हरेक दिन विभिन्न राष्ट्रिय कलाकारहहरुको भजन, किर्तन लगायका कार्यक्रम गर्ने गरिएको छ ।

            





 


 



प्रतिक्रियाहरु