सात पटक जिब्रो छेडेका बुद्धकृष्ण सम्मानित

 
भक्तपुर  । सात पटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठ सम्मानित भएका छन् । मध्यपुर थिमि बोडेस्थित अष्टमंगल बचत तथा ऋण सहकारी संस्थाले संस्कृति जोगाउँन महत्वपूर्ण भूमिका खेलेको भन्दै सात पटक जिब्रो छेडेका श्रेष्ठलाई सम्मानित गरेको हो । 
संस्थाथाको सातौ बार्षिक साधारण सभाको अवसर पारेर सहकारीले प्रसिद्ध बिष्केट जात्रामा लगातार सात पटक जिब्रो छेडेका बुद्धकृष्णलाई सम्मानपत्र, दोसल्ला र प्रशंसापत्र र टोपीले सम्मानित गरेको हो । कार्यक्रममा बरिष्ठ सहकारीकर्मी कैलाशभक्त प्रधानाङ्गले सहकारीका तर्फबाट श्रेष्ठलाई सम्मानित गर्नुभयो । सहकारीका अध्यक्ष दिलकृष्ण प्रजापतिले जात्रालाई निरन्तरता दिन महत्वपुर्ण योगदान दिने अभियन्तालाई सम्मान गर्दै आगामी दिनमा परम्परालाई निरन्तरता दिने ब्यक्तिलाई प्रोत्साहन मिलोस् भनी बुद्धकृष्णलाई सम्मान गरिएको बताउनुभयो । 
यस अघि सहकारीले ८ पटक जिब्रो छेडाएका जुजुभाई श्रेष्ठ र बाजागुरु बुद्धिकुमार सिपाईलाई सम्मानित गरिसकेको छ । अध्यक्ष प्रजापतिले सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सामाजिक योगदान पु¥याउने ब्यक्ति र संस्थालाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा बरिष्ठ सहकारीकर्मी प्रधानाङ्ग, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, थोपा सहकारीका लक्ष्मण राजवाहक, महालक्ष्मी सहकारीका रत्नमान चन्यो लगायतले सहकारीका बिबिध पक्षबारे चर्चा गर्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष दिलकृष्ण प्रजापतिले बार्षिक प्रतिवेदन ,लेखा सुपरीबेक्षण समिति संयोजक कृष्णचन्द्र पिला श्रेष्ठ, सचिब कन्चनमाई सिपाई, कोषाध्यक्ष श्यामसुन्दर चक्रधरले  आआफ्नो प्रतिवेदन पेश गर्नुभयो ।



प्रतिक्रियाहरु