चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन


काठमाडौं । हृदयघातका कारण चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति साढे १० बजे उनको उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पताल लग्ने क्रममा उनको निधन भएको जनाइएको छ ।
 एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवात गरेका थिए । भट्टराई तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । उनले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु