मध्यपुर थिमीमा निर्माण हुने शंखधर पार्कमा काठमाडौं महानगरको साथ


भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको शंखपार्क निर्माण गर्न काठमाडौं महानगरपालिकाले एक करोड रुपिया सहयोग उपलव्ध गराएको छ । मध्यपुर थिमी नगरपालिकालाई नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं महानगरले १ करोड रुपैयाँ अनुदान प्रदान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलाई बुधबार सो  रकमको चेक हस्तान्तरण गर्नुभयो ।


सोहि क्रममा महानगर प्रमुख बिद्याशुन्दर शाक्यले मध्यपुर थिमिको वडा ४ मा १७ रोपनीमा निर्माण गर्न लागिएको  शंखधर पार्कको शिलान्यास गर्नुभयो । कुल १३ करोडको लागतमा बन्ने सो पार्कका लागि काठमाडौँ महानगरका तर्फबाट रकम हस्तान्तरण गर्दै मेयर शक्यले नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत सो रकम उपलव्ध गराइएको बताउँनु भयो । यस अघि महानगरले काठमाडौं जिल्लाका सबै १० वटै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली बढाउने, पार्क निर्माण गर्ने लगायतका काम गर्न भन्दै एक÷एक करोड रुपैयाँ अनुदान दिदै आएको शाक्यले बताउँनु भयो ।


महानगरले बाहिरी जिल्लाको नगरलाई पहिलो पटक १ करोड रुपैयाँ अनुदान दिएको उल्लेखगर्दै मेयर शाक्यले महानगरले दिएको रकमको सही सदुपयोग गरे आगामि  आर्थिक वर्षमा पनि सहयोग जारी राख्न सकिने आवश्वासन दिनुभयो । सम्झौता अनुसार, मध्यपुर ठिमी नगरपालिका वडा नम्बर–४ शंखधरचोक नजिक शंखधर पार्क निर्माण गरी सञ्चालन गरिने छ । पार्कमा मण्डला र एम्पिथिएटर, चिःबाह, मन्दिर, सौचालय मञ्च, पार्टी, फुटपाथ, पदमार्ग, शंखको मूर्तिसहितको ऐतिहासिक हरियाली पार्क निर्माणलगायत निर्माण हुने मध्यपुर नगरपालिकाका प्रमुख मदन शुन्दर श्रेष्ठले बताउँनु भयो ।


काठमाडौं महानगरको नेतृत्वमा शाक्य आएपछि उपत्यकाका अन्य नगरपालिकालाई समेत समेट्ने काम भएको उल्लेखगर्दै फोहोर व्यवस्थापनमा समेत काठमाडौं महानगरले अन्य नगरपालिकालाई सहयोग गर्दै आएको बताउंनु भयो । प्रमुख श्रेष्ठले प्राप्त सहयोग सदुपयोग गरेर थप सहयोग ल्याउँने वातावरण तयार गर्न आफु लागिपर्ने बताउँनु भयो । कार्यक्रममा मध्यपुर थिमि ४ का वडाअध्यक्ष कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमपछि महानगर प्रमुख सम्मेलित प्रतिनिधि मण्डलले फोहोरबाट मल बनाउँने जापानी प्रबिधिको समेत अवलोकन गरेको थियो । मध्यपुरबाट शुरु भएको सो प्रविधि भक्तपुरकै सुर्यविनायक, दाङको राप्ती लगायतका आधा दर्जन नगरपालिकामा बिस्तार हुने चरणमा रहेको नगर प्रमुख श्रेष्ठको भनाई छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु