मध्यपुर थिमिमा चैत १ गते सम्पदा पदयात्राको आयोजना हुने


भक्तपुर । मध्यपुर थिमिमा आगामि चैत १ गते सम्पदा पदयात्राको आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर स्थानीय सम्पदाको पहिचान र प्रचार प्रसार गर्ने उदेश्यले पदयात्राको आयोजना गर्न लागिएको हो । मध्यपुर थिमिको शंखधर चौकबाट शुरु हुने पदयात्रा बिभिन्न स्थानको परिक्रमा गरी बोडेमा पुगेर सम्पन्न हुने जनाइएको छ ।
नगर भित्र रहेका सम्पदाका बारेमा प्रचार प्रसार गरेर आन्तरिक र बाहिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित नगरपालिकामा पहिलो पटक पदयात्राको आयोजना गर्न लागिएको नगर प्रमुख मदन शुन्दर श्रेष्ठले बताउँनु भयो । शनिबार मध्यपुर थिमिस्थित थिमि ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख श्रेष्ठले उपत्यकाका १८ नगरपालिकामध्ये मध्यपुर थिमि कला संस्कृति संरक्षण र संम्द्र्धनमा अघि रहेको उल्लेखगर्दै पदयात्राले कला संस्कृति र सम्पदाका क्षेत्रमा पछिल्लो समय भएका कार्यको उजागर हुने बताउँनु भयो ।


आगामि वर्ष मध्यपुर महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिदै नगर प्रमुख श्रेष्ठले त्यसैको तयारी स्वरुप सम्पदा यात्रा गर्न लागिएको जानकारी दिनुभयो । मध्यपुर थिमिलाई पर्यटकीय गन्तव्यका रुपमा सुचिकृत गर्न समेत यात्राले सहयोग गर्ने श्रेष्ठको भनाई थियो । सो कार्यक्रम नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा ओस्ला नेपालले आयोजना गर्न लागेको हो ।
भ्रमण वर्ष २०२० का अवसरमा मध्यपुर थिमिमा रहेका मूर्त अमूर्त सम्पदाहरुको जगेर्ना तथा प्रवद्र्धनका साथै प्रचार प्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यस्तो कार्यक्रम गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउँनु भयो । पत्रकार सम्मेलनमा बोल्दै ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले मध्यपुर थिमिका गन्तव्य स्थानहरुको पहिचान गराउने उद्देश्य साथ चैत १ गते सम्पदा पदयात्रा कार्यक्रम गरिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपत्यका भित्र रहेका संघसंस्था, स्थानीय जनसमुदाय, सामाजिक संघ संस्थाका प्रतिनिधिका अलवा बाजासहितको सांस्कृतिक झाँकीको पनि सहभागिता रहने छ । पदयात्रामा सहभागिताका लागि नेपाल पर्यटन बोर्ड नेपाल भ्रमण बर्ष–२०२० नेपालको सचिवालय र होटल एशोसिएशन हानको पहलमा विदेशी पाहुना समेतलाई सहभागी गराउने कार्यक्रम रहेको संस्थाका सचिव रोशन बज्राचार्यले बताउंनु भयो ।


कार्यक्रम सञ्चालन गर्न करिव सात लाख रुपियाँ लाग्ने अनुमान गरिएकोमा पाँच लाख ५० हजार रुपियाँ मध्यपुर थिमिले उपलव्ध गराउँने भएको छ । सोहि अवसरमा मध्यपुर थिमिका सम्पदाका बारेमा सचित्र जानकारी दिने पुस्तक प्रकाशन गरी बितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । त्यसै क्रममा एक अन्तरक्रीया कार्यक्रम समेत आयोजना गरिने आयोजक ओस्ला नेपालका उपाध्यक्ष शुशिल जोशीले बताउंनु भयो ।  

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु