दूधवालीको सपना यस्तो सपना

 
कथा । एउटा गाउँमा सीता भन्ने एक जना दूधवाली थिई । हरेक दिन ऊ दूधको भाँडा भर्ने गर्थी । उसको काम गाई दुहुने र बजारमा लगेर दूध बेच्ने थियो । सीता दूध बेचेको पैसा कसरी खर्च गर्ने भनेर सोच्ने गर्थी । सीता दूध भरेर बजार जाँदा बाटाभरि आफूले किन्ने सामानहरुका बारेमा सोच्ने गर्थी । यसरी हिँडिरहँदा उसले केक र एक डालो ताजा स्ट्रबेरी पनि किन्ने विचार गरी । केही बेर हिँडेपछि उसले बाटो मुन्तिर छिर्केमिर्के कुखुरा देखी । अनि उसको मनमा अर्को सोच आयो । उसले सोची “आजको पैसाले म आफ्नै लागि एउटा चल्ला किन्छु । त्यो चल्ला केही समय पालेपछि कुखुरा बन्छ । त्यसले अण्डा कोरल्नेछ अनि दूध र अण्डा बेच्न थाल्छु । यसबाट धेरै पैसा कमाउँछु ।”
 
ऊ सोचमग्न हुँदै गई, “धेरै पैसा भएपछि नयाँ नयाँ फेन्सी कपडा किन्छु र लगाउँछु । मैले लगाएका राम्रा लुगा देखेर अरू सबै दूधवाला ईष्र्याले जल्नेछन् ।”  यस्तो सोच्दै ऊ अति उत्साहित हुँदै आफूले दूधको भाँडा बोकेको पनि बिर्सिंदै उफ्रिन थाली । उफ्रिँदा उफ्रिँदै उसले बोकेको भाँडाको दूध छचल्किएर पोखियो । दूध सीताको जिउभरि पर्यो ।
 
दूध पोखिएर भिजेकी सीताले आफैलाई भनी, “अहो १ अब मलाई चल्ला किन्न पैसा नपुग्ने भयो ।” ऊ रित्तो भाँडो लिएर घर फर्की । “हरे भगवान् १ के भयो तिमीलाई रु” सीताकी आमाले सोधिन् । “म आफूले चाहेको सामान किन्ने सपनामा डुबेर दूधको बोकेको कुरा बिर्सिएछु ।” उसले उत्तर दिई ।  अहो सीता, मेरी प्यारी । कति भन्नु, “चल्ला नकोरलेसम्म अण्डैमा कुखुराको गन्ती नगर ।”



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु