नेक कलेजलाई निजीकरण गर्न दिन्नौं ः इन्जिनियरिंग काउन्सिल


भक्तपुर ।  नेपाल इन्जिनियरिंग काउन्सिलका रजिष्टार इन्जिनियर खेमराज जोशीले नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरलाई कुनै हालतमा पनि निजीकरण हुन नदिने बताएका छन् । गैरनाफामुलक सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ सञ्चालित कलेजलाई त्यही रुपमा सञ्चालन गर्न दिनुपर्ने पक्षमा काउन्सिल रहेको रजिष्टार जोशीले स्पष्ट पारे । कलेजले बुधबार गरेको नेक रजत जयन्ती समारोह तथा विजया दशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्व २०७६ को शुभकामना कार्यक्रमलाई सम्बौधनगर्दै जोशीले सो कुरा बताएका हुन् ।
‘शिक्षा मन्त्रालयबाट नेपाल इन्जिनियरिग कलेज प्राइभेट लिमिटेडको अनुगमन गरिदिन हुन भनी पत्र आएको थियो, गैरनाफामुलक सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ सञ्चालित कलेजलाई निजी बनाउने प्रयास धेरैतिरबाट देखिएको खुलाउँदै जोशीले भने, ‘तर हामीले नेपाल इन्जिनियरिंग कलेज प्रालि भन्ने कलेज नै छैन भनी पत्र नै नबुझेर फिर्ता पठाइदियौं ।’ कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले कलेजको सममस्याबारे आफूले राष्ट्रपतिसमक्ष पनि जानकारी गराइ सकेको जनाउँंदै दशै तिहारकै वीचमा कलेजको समस्या समाधान हुने विश्वास गरे ।
चाँंगुनारायण नगरपालिका वडा नं २ का वडाअध्यक्ष शिवहरि केसीले गैरनाफामुलक सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ सञ्चालित कलेजलाई स्थानीयले जुनसुकै हालतमा पनि निजीकरण गर्न नदिने बताए । कलेज सञ्चालक समितिका सदस्य ईन्जिनियर शशिल भटराईले गैरनाफामुलक सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यकासाथ सञ्चालित कलेजलाई कसैले पनि चाहेर निजीकरण गर्न नसकिने बताए । कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले कलेज विना कुनै समस्या सुचारु रुपमा सञ्चालनमा रहेको जनाए ।
कार्यक्रममा कलेजका उपप्राचार्य दीपक धामी, एकेडमिक कोअर्डिनेटर मोहनध्वज केसी, कर्मचारी समन्वय समितिका अध्यक्ष मनोहर खनाल, शिक्षक समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीलगायतले कजेललाई निजीकरण हुन नदिने बताए । कलेजका संस्थापक सञ्चालकहरुवीच कलेज निजी र सामुदायिक गरी दुई पक्षमा बिभाजित छ । विवादवीच पनि कलेज नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा नयाँं व्यवस्थापनका साथ सुचारु रुपमा चलिरहेको छ ।



प्रतिक्रियाहरु