विनायक स्कुललाई अन्तराष्ट्रिय जुरान अवार्ड


 भक्तपुर । मध्यपुर थिमिमा अवस्थित बिनायक शिक्षा निकेतन ई.से.स्कुलले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको छ । शिक्षा, साँस्कृतिक तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा अब्बल रहेको बिनायक शिक्षा निकेतनले पहिलो अन्तराष्ट्रिय जुरान अवार्ड प्राप्त गरेको हो । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न प्रतियोगिताहरुमा राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल बिनायक शिक्षा निकेतनले मंसिर ११ गते देखि १४ गतेसम्म भारतको लखनउको सिटी मन्टेश्वरी स्कुलमा आयोजित विद्यार्थीहरुको अन्तराष्ट्रिय गुणीय चक्र (आईसिक्युसी) कार्यक्रम अन्तर्गत २२ औं ईन्टरनेस्नल स्टुडेन्ट क्वालिटी सर्कलको अन्तराष्ट्रिय अवार्ड हात पारेको हो ।
सम्मेलनमा जुरान अवार्ड हातपार्ने क्रममा विनायककका विद्यार्थीले थाइल्याण्ड, भारत, श्रीलङ्का, बङ्गलादेश, मोरिसस लगायतका विद्यार्थीहरुलाई पछाडि पारेका थिए । कार्यक्रममा सहभागी सातजना विद्यार्थीहरुले निस्क्रिय विद्यार्र्थी शीर्षकमा केश स्टडी प्रिजन्टेशन   गर्दै अन्तराष्ट्रिय निर्णायकहरु र अन्य प्रतियोगीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । सो कार्यक्रममा विनायक स्कूलको नेतृत्व विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले गर्नुभएको थियो । सोही क्रममा विद्यार्थीहरुले नाटक, आर्ट एण्ड पेन्टिङ साँस्कृतिक कार्यक्रम र वादविवादमा सक्रिय सहभागिता जनाउदै राष्ट्रकै छविलाई उच्च राख्ने काम गरेको सहायक प्रिन्सिपल निरौलाले बताउँनु भयो ।
 



प्रतिक्रियाहरु