भक्तपुरको मोडर्नद्धारा कास्कीको सरकारी स्कुललाई सहयोग


 
भक्तपुर । भक्तपुरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित मोडर्न स्कुल र कलेजले कास्कीको एक विद्यालयलाई सहयोग गरेको छ । मडर्नले मादी गाउँपालिका २, ताङतिङ स्थित हिमालय मिलन माध्यमिक विद्यालयको लाइब्रेरीका लागि ३०० वटा किताब, कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई टोपी, कापीकलम सहयोग स्वरूप प्रदान गरेको हो ।


गुणस्तरीय पढाईका अलवा अतिरिक्त क्रियाकलापमा पनि राष्ट्रिय स्तरमै ख्याति कमाएको मोडर्नले यसअघि पपनि यस्ता रचनात्मक कार्य गर्दै आइरहेको छ । यो पवित्र कार्य प्रति मोडर्न स्कुल र कलेजलाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक ओम प्रकाश गुरूङले यस्ता कार्यले विद्यार्थीहरूलाई हौसला बढ्ने, सामाजिक कार्यमा मन जाने र कुनै पनि व्यक्ति र संस्थाको जन्म समाज र राष्ट्रको सेवालाई हो भन्ने पुष्टि भएको बताउँनु भयो ।


 मोडर्न स्कुल र कलेजका प्रिन्सिपल अनिल कसपालका अनुसार, संस्थाले विद्यार्थीलाई प्रत्येक वर्ष नेपालको विभिन्न पर्यटकीय स्थलमा शैक्षिक भ्रमणमा ट्रेकिङ लाने, अध्ययन अनुसन्धान गराउने, पर्यटन प्रवर्द्धनका लागि टेवा दिन खोज्दै सो स्थानमा रहेका समुदाय र विद्यालयका बिद्यार्थीहरूलाई सक्दो सहयोग गर्दै आएको छ । यसपालिको यो भ्रमणमा मोडर्नमा अध्ययनरत कक्षा १२ कानुन संकायका विद्यार्थीहरू संलग्न थिए ।


यी विद्यार्थीहरूले पौष २६ गते कास्कीको  सिक्लेस गाउँका वडा अध्यक्ष सुरज गुरूङ, विद्यार्थी, अभिभावक, शिक्षक र सर्वसाधारणसँग अहिलेको शिक्षा, यस सम्बन्धी सरकारी भूमिकाको बारे बुझाइ, यहाँको शिक्षाको विगत र वर्तमान अवस्था, शिक्षाको आवश्यकता र भविष्यको योजना सम्बन्धी अध्ययन अनुसन्धान पनि गरिएको बारे मोडर्नका प्रिन्सिपल अनिल कसपालले जानकारी गराउनुभयो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु