अभिभावकलाई संस्कारयुक्त वातावरण निर्माण गर्न सचेतना जगाउँदै मदरल्याण्ड स्कूल

 


भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका –९ स्थित मदरल्याण्ड स्कुलले आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त  पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । सूर्यविनायक नगरपालिका– ९ का वडाध्यक्ष उपेन्द्रराज केसीले विरुवामा जल हालेर शुभारम्भ गर्नु भएको कार्यक्रममा  वडाध्याक्ष केसीले विद्यार्थीहरुलाई मात्र नभई अभिभावकलाई समेत यस्तो जीवनपयोगी अभिभावक अभिमुखिकरण कार्यक्रम गरेर विद्यालयले  समाज विकासमा धेरै ठुलो सहयोग पुु¥याएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै केसीले विद्यार्थीमा यस्ता कार्यक्रम अभिभावकका लागि मात्र नभइ समाज र देशको लागि नै प्रभावकारी हुने धारणा राख्नुभयो । संस्कारयुक्त  पारिवारिक वातावरणको निर्माण एवं कानुनी सचेतना विषयक ’अभिभावक अभिमुखिकरण कार्यक्रम २०७६ तथा एसइइ २०७५ को बधाई तथा विदाइ’ कार्यक्रममा राष्ट्रिय एवं अन्तर्राट्रिय जगतमा प्रसिद्ध मनोवैज्ञानिक  परामर्शकर्ता रविन कटवालले संस्कारयुक्त पारिवारिक वातावरणको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा परामर्श दिनुभएको थियो ।


त्यस्तै कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले कानुनी सचेतना विषयक सडक सुरक्षा, लागुपदार्थ दुर्वेशनी, मानव बेचविखन र साइवर क्राइमका बारेमा प्रस्तुतिकरण दिनु भएको थियो । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिदै यस किसिमको व्यवहारिक शिक्षा समेत दिदै आएको मदरल्याण्ड स्कुलले बेला बेलामा विद्यार्थी तथा अभिभावकलाई जीवनोपयोगी शिक्षा दिने उद्देश्यले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम आयोजना गर्दै आएको विद्यालयका प्रिन्सीपल संजय खड्काले बताउनु भयो ।
खड्काले मदरल्याण्डले प्रेरणामुलक अभिमुखिकरण कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको बताउदै विद्यार्थी र अभिभावकलाई पटक पटक विविध विषयमा अभिमुखिकरण गरिएको बताउनु भयो । सभ्य र सन्तुलित समाज एवं राष्ट्र निर्माणमा आजका बालबालिकाहरुले सही बाटो अबलम्बन गराउन र उनीहरूको उज्ज्वल भविष्यका लागि कार्यक्रमको आयोजना गरेको खड्काले बताउनु भयो । उहाँले विद्यार्थीलाई असल संस्कारको विकास गराउनु पर्ने र गलत संगत एवं कुलतमा लाग्न नियन्त्रण गर्नको लागि यस्ता कार्यक्रम उपयोगि सावित हुदै आएको खड्काको भनाई थियो ।


 कार्यक्रममा एसईई २०७५ मा सम्मिलित २९ जनालाई विद्यार्थीलाई बधाईका साथ सम्मान गर्दै विदाई गरिएको थियोे भने करिब ३ सय ५० जना अभिभावकले उक्त सचेतना कार्यक्रममा सहभागिता जनाएको प्रिन्सिपल खड्काले बताउानु भयो । अभिमुखिकरण कार्यक्रम निकै उपलब्धि मुलक रहेको सहभागी अभिभावकहरुको भनाई थियो ।

 



प्रतिक्रियाहरु