कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि स्थगित


 भक्तपुर । कक्षा १० को एसइई पछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले पछिल्लो पटक कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको हो । कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु हुनेगरी तालिका प्रकाशित भएको थियो ।
विश्वभर फैलिएको कोरोना संक्रमणको असर नेपालमा पनि देखिन थालेपछि शिक्षा मन्त्रालयले चैत्रको पहिलो साताबाट शुरु हुने एसइई परिक्षा एक दिनअघि मात्र अनिश्चित कालका लागि पछी सारेको थियो । कोरोना जोखिमकै कारण मन्त्रालयलले मंगलवार हो ।


सूचना प्रकाशित गरेर दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु