बिश्वभरका नेपाली बिद्यार्थीको समस्या समाधान गर्न एक्सन टिम गठन



भक्तपुर । बिश्वब्यापी कोरोना संक्रमण र लक डाउनका कारण देश बाहिर रहेका नेपाली बिधार्थीमा परेको समस्या समाधानका लागि एक एक्सन टिम गठन गरेको छ । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका) ले गठन गरेको टिमले बिधार्थीको समस्या केलाएर समाधानको पहल गर्ने संघले जनाएको छ ।
संघका अध्यक्ष सन्तोश प्याकुरेलले बिश्वब्यापी कोरोना संक्रमण बढिरहेका देशमा समस्यामा परेका नेपाली बिधार्थीको तथ्याँक संकलन गर्ने कार्य जारी रहेको बताउदै समस्याको पहिचान गर्दै विधार्थीहरुको स्वास्थ, सुरक्षा तथा आधारभुत आवश्यकताको प्रत्याभुतीको लागि काम गर्ने बताउँनु भयो । अध्यक्ष प्याकुरेलले सरकार, शिक्षा मन्त्रालय, विदेशस्थित दुतावासहरु ,अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपाली परामर्श संघहरु, सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार सुचनाको आदानप्रदान तथा छलफल गर्दै समस्याको समाधान गर्न जोडदिदै आएको बताउँनु भयो ।
विदेशमा अध्ययनरत विधार्थीको हकहितका लागि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विधार्थीहरुलाई बढीमा ५०० अमेरिकी डलर पठाउने ब्यवस्था गरेको छ । सो रकम विधार्थीलाई अपुग हुने ठहर गर्दै माहामारी अन्त्य नभएसम्मका लागि सो रकमको परिमाण बढाउन शिक्षा मन्त्रालयसँग बारम्वार छलफल गरी बढाउन अनुरोध गरिएको संघले जनाएको छ । शैक्षिक परामर्श संघले  विदेशस्थित नेपाली विधार्थीमा परेको समस्या समाधानका लागि  बाटो पहिल्याउन सरकारलाई कुटनीतिक पहल गर्न आग्रह समेत गरेको छ ।
अस्ट्रेलिया अध्ययनका लागि २०२० को सत्रमा गएका र जान बांकी बिद्यार्थीको अध्ययनमा कोभिड १९को महामारीले अनेकन समस्या देखिएकाले सो सत्रलाई अनलाइन गर्नुभन्दा हाललाई स्थगित गरी अनुकुल समयमा सुचारु गर्न कलेज तथा बिश्वबिद्यालयलाई अनुरोध गरेको जनाएको छ । यसै सत्रमा जापान अध्ययनका लागि जाने बिद्यार्थीहरु सिओइ लिएर अन्तवार्ता कुरेर बसेका तथा भिसा लिएर पनि अध्ययनमा अनिश्चितता देखिएको हुंदा जापानका भाषा स्कुल र कलेज र बिश्वबिद्यालयलाई पनि अप्रिल सत्रलाई ढिलो  अथवा अनुकुल समयमा शुरु गर्न पनि अनुरोध गरेको छ ।
संघले अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण विधार्थीहरुलाई सुरक्षित तरिकाले जहाँ हुनुहुन्छ त्यही रहन पनि बिश्वभर रहेका नेपाली बिद्यार्थीमा अपील गरेको छ । संघले बिशेषगरी अष्ट्रेलिया, जापान, अमेरिका क्यानडा, न्युजिल्याण्ड, बेलायत, भारत, जर्मनी, डेनमार्क लगायतका बिभिन्न देशमा नेपाली बिद्यार्थी अध्ययनरत रहेको जनाएको छ ।

 



प्रतिक्रियाहरु