कोरोनाका कारण लकडाउँन भएपछि अनलाइनमार्फत कक्षा


भक्तपुर । विश्वभर कोरोना संक्रमण फैलिएसंगै देश लकडाउँन भएपछि कतिपय शैक्षिक संस्थाले अनलाईनबाट कक्षा सञ्चालन गर्न थालेका छन् । मुलुकभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र जस्तै शिक्षण संस्था पनि ठप्प रहेका समयमा ललितपुरको जावलाखेलस्थित वेदास कलेजले अनलाइनबाट कक्षा सञ्चालन शुरु गरेको छ ।
कलेजका सिइओ कृष्णहरि पाण्डेका अनुसार, वेदासले आफ्नै सफ्टवेयर विकास गरेर आफ्ना विद्यार्थीहरुका लागि अनलाइन कक्षा सुरु गरेको हो ।  ‘नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा गरेको कलेजका सिइओ पाण्डेको दावी छ । पाण्डे भन्नु हन्छ, मुलुकमै पहिलो पल्ट आफ्नै सफ्वेयर विकास गरी कक्षा स    ञ्चालन गर्न  पाउँदा हामीलाई गौरव महसुस भएको छ ।’
कलेजले प्राविधिक पार्टनर एमपर्सेन्ट टेक्नोलोजीको सहकार्यमा ‘एमपर्सेन्ट क्लासरुम’ सफ्टवेयरको विकास गरेर पढाई सञ्चालन गरेको पाण्डेलै बताउँनु भयो । विश्वभर प्रभाव जमाएको कोरोना संकट छिटो नसकिने आंकलन गरेर सफ्टवेयरको माध्यमबाट आफ्ना विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमित अध्ययन अध्यापन गराउँदै आएको सीइओ पाण्डेले बताउँनु भयो । सफ्टवेयरमा कक्षा सञ्चालन गर्न कलेजले सिमलेस अडियो र भिडियो कन्फरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष शत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरलगायतका सुविधाको व्यवस्था गरेको छ ।
यो सफ्टवेयरले प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र बाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्ने कलेको भनाई छ । कलेजमा बिएससी, सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएसको अध्ययन अध्यापन हुँदै आएको कलेजले जनाएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु