शैक्षिक गुणस्तरीय सुधारको कार्य गर्दै शिवपुरी गाउँपालिका

नुवाकोट, (शिवपुरी) । नुवाकोटको शिवपुरी गाउँपालिकाले सामुदायिका विद्यालयका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन लागेको छ । गाउँपालिका भित्र भएका ५१ वटा सामुदायिक विद्यालयमध्ये विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई मर्ज गरी अहिले ४८ वटा बनाइएको छ । विद्यालयको मर्जसँगै गाउँपालिकाले शैक्षिक गुणस्तरीय सुधार गरेको शिवपुरी गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले अहिले हामी गाउँपालिमा निर्वाचित जनप्रतिनिधि आएपछि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउँदै प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने कार्यमा उच्च प्राथमिकता दिएको बताए । उनले भने “ अहिले सामुदायिक विद्यालयमै कतिपय विद्यार्थी रोल मोडलको रुपमा उत्पादन हुन थालेका छन् ।” 
गाउँपालिकाले शिक्षालाई प्रविधि मैत्री बनाउन गाउँपालिकाले शिक्षकहरुलाई आवश्यक विभिन्न तालिम प्रदान गरी शिक्षकलाई दक्ष बनाउने काम गरिएको छ । सक्षम नागरिक बनाउन शिक्षाको भूमिका महत्वपूर्ण हुने भएकाले गाउँपालिकाले प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा गर्ने कार्यमा जोड दिएको  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिएका छन् । संविधानले शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्र भित्र राखेकाले शैक्षिक सुधार कार्यमा शिवपुरी गाउँपालिकाले प्राथमिकता दिएको हो ।  -पुस १



प्रतिक्रियाहरु