मध्यपुर थिमिमा ईयूको जलवायु कूटनीति सप्ताह


भक्तपुर । युरोपेली युनियन (ईयू) ले विश्वभर नै जलवायु कूटनीति सप्ताह मनाउन सुरु गरेको छ । सोहि क्रममा ईयुले भक्तपुरको मध्यपुर थिमि सँगको सहकार्यमा बृक्षरोपण गरेर नेपालमा यो अभियानको थालनी गरेको छ । नेपालस्थित ईयु दूतावासले बिहीबार मध्यपुरमा वृक्षरोपण गरेर सो कार्यको थालनी गरेको जनाएको छ ।


ईयूकी भेरेनिका कोडीले ‘मानिस, पार्क र ग्रह’ शीर्षकमा मधयपुर थिमि नगरलाई हरियाली बनाउने योजनाको उद्घघाटन गरेकी हुन् । संसारमा बढ्दै गइरहेको पर्यावरणीय असन्तुलनलाई कम गर्न ईयूले सेप्टेम्बर २४ देखि ६ अक्टुबरसम्मलाई जलवायु कूटनीतिको सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोहि क्रममा ईयुले मध्यपुर थिमि नगरपालिकासंगको सहकार्यमा सो अभियान सुरु गरेको मध्यपुर थिमिका नगर प्रमुख मदनशुन्दर श्रेष्ठले बताउँनु भयो ।


हरियाली प्रवर्द्धन गर्न हरेक देशका मानिसलाई उत्प्रेरित गर्ने लक्ष्य अनुसार नेपालमा पनि ईयूको नेपालस्थित दूतावासले यो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण पर्यावरणीय  समस्या बढ्दै गएपछि त्यसको असर कमगर्न ईयुले पहल गर्दै आएको छ । त्यसै सिलसिलामा कुटनीतिक सप्ताहकै आयोजना गरेर संसारभर रुख रोपन र संरक्षण अभियान चलाइएको राजदूत कोडीको भनाई छ ।
राजदुत कोडीले भनिन्, ‘यसले कुनै पनि देशलाई छोड्दैन र यसलाई सामूहिक रुपमा सम्बोधन गरिनु पर्दछ ।’ विश्वले जलवायु परिवर्तनको विविध भयानक प्रभावहरु देखिसकेको हुनाले यसलाई रोक्न सब एकजुट भएर लाग्नुको बिकल्प छैन । उनका अनुसार ईयूले पृथ्वीको भविष्यलाई जोगाउन विश्वभर नै बिभिन्न साझेदार मुलुकका जनसमुदायसँग साझेदारी गरी उत्प्रेरणादायी कार्यक्रमहरु अघि बढाइरहेको छ ।


कार्यक्रममा बोल्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन शुन्दर श्रेष्ठले ईयुसंग सहकार्यमा पर्यावरण संरक्षणको कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा बिकास निर्माण लगायतका मानवीय कार्यमा समेत सहकार्य गरेर अघि बढ्ने बताउँनु भयो । कार्यक्रम अन्तर्गत खुला सार्वजनिक जग्गामा बृक्षरोपण गरिएको र आगामि दिनमा पनि यसलाई निरन्तरता दिने नगरपालिकाको नीति रहेको प्रमुख श्रेष्ठले बताउँनु भयो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु