दशैंका तीनदिन नेपाल प्रहरीसहित तीन सुरक्षा निकायद्धारा निःशुल्क बस सेवा संचालन


भक्तपुर । हिन्दुहरुको महान चाड विजया दशमी २०७६ को अवसरमा सर्वसाधारण नागरिकको सहजताका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा संचालन गर्ने गरेको छ । नेपाल प्रहरीले असोज १९, २० र २१ गते गरी ३ दिनका लागि काठमाडौं उपत्यकाभित्र विभिन्न २ रुटमा बस सेवा सञ्चालन गरेको हो ।
निःशुल्क बस सेवा अन्तर्गत रुट नम्बर १ मा संचालन गरिने बस नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, नागस्थान, रत्नपार्क र दरबारमार्ग हुँदै पुनः नक्साल फिर्ता हुने छ । त्यस्तै रुट नम्बर २ मा संचालन गरिने बस नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, नागस्थान, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल फिर्ता हुने छ ।
नागरिकलाई आवागमनमा सजिलोका लागि विजय दशमीको अष्टमी, नवमी र दशमीका दिन संचालन गरिएका दुई वटै रुटका बसहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म तोकिएको रुटमा निरन्तर सेवा प्रदान गर्ने नेपाल प्रहरीले जनाउको छ । यसैगरी नेपाली सेना र शसस्त्र प्रहरीले पनि तीन दिन बिभिन्न रुटमा निःशुल्क बससेवा दिने जनाएका छन् ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु