भक्तपुरमा ठुलो परिमाणमा लागूऔषध सहित दुई पक्राउ

 
भक्तपुर । भक्तपुरबाट प्रहरीले ठुलो परिमाणमा लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका ४ भेलुखेलका राजन भेलेलाई नियन्त्रित लागूऔषध फेनरागन, नुर्फिन र डाईजेल्याप समेत गरी १ सय १३ एम्पुल,  नाईट्राभेट १५ ट्याब्लेट, सिरिन्ज १० थान, मोबाइल १० थान र नगद ९ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । साथै उक्त लागूऔषध खरिद गर्न आएका भक्तपुर नगरपालिका ६ भोलाछे बस्ने आयुष कस्ती समेतलाई प्रहरीले पक्राउ गरेको   छ ।  महानगरीय  प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  
उता धादिङ, गजुरी गाउँपालिका २ मलेखुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोसन २ सय ८८ एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल, फेनरागन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल सहित मंगलबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही देवदह नगरपालिका ७ बस्ने २८ वर्षीय सूर्य लामिछाने र लमजुङ सुन्दरबजार नगरपालिका ८ बस्ने २८ वर्षीय आकाश क्षेत्री रहेका छन् । प्रहरीले लु.३३ प २७२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक लामिछाने र मोटरसाइकलमा सवार क्षेत्रीको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   



प्रतिक्रियाहरु